कंचनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटेनामा नेपालकै ठुलो क्षेत्रफलमा ड्रागन फ्रुटको खेतिको सुरुवात गरिएको छ । वेष्टर्न मल्टि एग्रिकल्चर एण्ड रिसर्च प्रालीले कुनै समय उजाड रहेको मटेनाको खन्ये खोल नजिक रहेको बाँझो खेतमा स्थानीय रमेश बहादुर चन्द र संचारकर्मी ज्ञानेन्द्र महताले ६ बिगाहा जमिन भाडा लिएर ड्रागन फ्रुटको खेति सुरुवात गरेको सेन्टरका अध्यक्ष रमेशबहादुर चन्दले बताए ।
कोभिडको बेलामा विस्व नै बन्द भएको बेलामा ड्रागन फ्रुटको खेति गर्नुपर्ने बिचार आएको उनले बताए । त्यही बेलामा भाद्र महिनामा बिदेश बाट १७ हजार र बाँकी नेपाल बाटै गरि २८ हजार ८ सय बोट रोपेर सुरुवात गरिएको अध्यक्ष चन्दको भनाई रहेको छ । “अहिले सम्म २ करोड १ लाख भन्दा बढी लगानी गरिएको छ ।” उनले भने, “सुरुवाती चरणमा निकै समस्या भयो किरालाग्ने पहिलो पटक खेती गरेकोले त्यती जानकारी नभए पनि अहिले बिरुवाहरु राम्रो फस्टाएका छन् ।”
यो उजाड जग्गामा गाडिएका पिल्लर देखेर स्थानीयहरु पनि अच्चमितमा परेको उनले बताए यो समुदायको लागी यो खेती नौलो भएकाल पनि अहिले ३ सय बढी अवलोकन गर्न आएको अध्यक्ष चन्दले बताए ।
खाली जग्गा सदुपयोग गरेर २ जनाले ड्रागन खेती गरेपछि त्यो ठाउँ अहिले सुन्दर देखिएको स्थानिइले बताए । ‘ड्रागन फ्रुटको बिरुवा लगाएको दुई–तीन वर्षपछि मात्रै फल दिन्छ’, चन्दले भने, ‘आफुहरुले लगाएको अहिले ६ महिना पुग्दा सम्म बिरुवाहरु सप्रेको छ ’
पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने चन्दको भनाइ थियो । ‘एउटै बोटबाट तीन–चार केजी फल लाग्छ’, उनले भने, ‘त्यतिबेला करिब चार–पाँच टन उत्पादन होला ।’ उनले भने, ‘अझै ठूलो क्षेत्रफलमा यो खेती गर्नको लागी जग्गावाला संग सम्झौता भई रहेको छ ।’ अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती विस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौं’।
लामो समय बाँझो रहेको ६ बिघा जग्गालाई १ विगाहाको वार्षिक ३० हजारदिने गरि लागि भाडामा लिएर खेती थालेका हुन् । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ ।
यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटु रोग लगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ । ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाएको अध्यक्ष चन्दले बताए ।
फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिंचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो ।