९ आश्विन २०७९, आईतवार

गुलरियामा वीङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु,६ जना घाइते

४ चैत्र २०७७, बुधबार
गुलरियामा वीङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु,६ जना घाइते

धनगढी, ४ चैत । पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा वीङ्गर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर गाडीको टायर पड्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर वीङ्गरमा सवार अन्य ६ जना घाइते भएका छन् । उनीहरुको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। वीङ्गरको पछाडीको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo