धनगढी । धनगढीमा रहेको नवजीवन अस्पतालले दन्तरोगको उपचार सेवा सुरु गरेको छ । विभिन्न बिशेषज्ञ दिदै आएको नवजीवन अस्पतालले सोमबार देखि विशेषज्ञ चिकित्सक तथा दन्त ल्याब सहित दन्त रोगको उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले थप विशेषज्ञ सेवा बिस्तार गर्दै दन्त रोग सम्बन्धित सम्पुर्ण रोग भएका बिरामीलाई उपचार सेवा दिने उदेश्य सहित यो सेवा सुचारु गरिएको अस्पतालका प्रमुख कार्यकारी चक्र खडायतले बताए । अस्पतालमा हरेक दिन दन्तरोग बिशेषज्ञ डाक्टर कविता अधिकारीद्धारा परिक्षण, चेकजाँच तथा उपचार हुने बताएका छन् ।
उनले दन्त सेवाहरूमा मौखिक परीक्षा र एक्स-रे, ओरल प्रोफिलैक्सिसरसफाई (स्केलिंग र पालिसिङ)रोकथाम उपचार, सीलेन्ट फ्लोराइड आवेदन, फिलिंग (एस्थेटिकं रिस्टोरेटिभ), इन्डोडोन्टिक थेरापी (RCT and more), दाँत निकासी(Tooth Extraction), मुकुट र पुलहरू(Crowns and Bridges), दाँतहरू (Dentures) , आपतकालीन दन्त चिकित्सा (Emergency Dentistry) को सेवा रहेको जानकारी गराए ।
यस्तै अस्पतालले अन्य विशेषज्ञ सेवा दिदै आएको छ।