Khabar Ujyalo

भैँसी किनेको १५ सय पैसा नतिरेको भन्दै हत्या,४१ वर्षपछि पक्राउ

३ चैत्र २०७७, मंगलवार
भैँसी किनेको १५ सय  पैसा नतिरेको भन्दै हत्या,४१ वर्षपछि पक्राउ

कञ्चनपुर,३ चैत । कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो।

लामा आफ्‍नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट  स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ।

यस्तै तामाङले आफ्नो पहिचान लुकाएर भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भइ अवकाशपछि पेन्सन समेत लिने गररेकोमा प्रहरीले अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.