१९ मंसिर २०७९, सोमबार

ऋण दिएको रकम माग्दा उल्टै बलात्कारको मुद्दा लागेपछि युवकले टाउकोमा गोली हानेर आत्महत्या

३ चैत्र २०७७, मंगलवार
ऋण दिएको रकम माग्दा उल्टै बलात्कारको मुद्दा लागेपछि युवकले टाउकोमा गोली हानेर आत्महत्या

एजेन्सी : भारतको नयाँदिल्लीस्थित गोयला खुर्द गाउँमा ४१ वर्षीय दीपक सांगवानले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको छ, जसमा एक महिलाले बलात्कारको झूटा मुद्दा लगाएको उल्लेख गरिएको छ ।

मृतककी आमाको निवेदकका आधारमा प्रहरीले अनुसन्धान शुरू गरिसकेको प्रहरीका डीसीपी सन्तोषकुमार मीणाले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक दीपकले एक महिलालाई ३ लाख रुपैयाँ ऋण दिएका थिए । ऋण दिएको पैसा माग्दा महिलाले बैंकमा पैसा नभएको चेक दिए

त्यसपछि दीपकले ती महिलाविरुद्ध ‘चेक अनादर’ मुद्दा दिए । चेक अनादर मुद्दामा कारवाही हुने भएपछि ती महिला र उनका बुवाले उल्टै दीपकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिन् । त्यसैले दीपक तनावमा रहेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo