KhabarUjyalo

अब ५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने देउवा सरकारको निर्णय

२७ फाल्गुन २०७८, शुक्रबार
अब ५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने देउवा सरकारको निर्णय

काठमाडौँ – सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।

त्यसैगरी सरकारले ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णयसमेत गरेको छ। स्वास्थ्यमन्त्री खतिवडाका अनुसार यो निर्णय १५ दिनमै कार्यान्वयन हुने बताए।

अस्पताल निर्माणको विषयमा बिहीबार नै स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले बनाएको कार्यदलले अस्पताल बनाउने स्थान, जग्गा व्यवस्थापन, लागत स्टिमेटको विषयमा अध्ययन गर्नेछ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदानको निर्णय गरेको छ। मिर्गौला दिवसको अवसरमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दानको घोषणा गरेका हुन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo