काठमाडौं, २ चैत ।
महिनौं लामो तिक्तता तोड्दै नेकपा(एमाले)का नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल सुरु भएको हो ।
यो छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन् ।केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु समेत छन् ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । एउटा रोचक दृश्य के देखिएको छ भने ओली र नेपालसँग छलफलको अंगपंक्तिमा उपाध्यक्ष भिम रावललाई पनि राखिएको छ । नेता नेपालको छेउमा रावल तथा ओलीको छेउमा महासचिव ईश्वर पोखरेललाई राखिएको छ । जून रावलका लागि सरप्राइज भएको छ । उनी ओलीका चर्का आलोचकमध्ये एक हुन् ।
अन्य नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्त लगायत समेत सहभागी छन् । दृृष्टिबाट