९ आश्विन २०७९, आईतवार

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

२ चैत्र २०७७, सोमबार
कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

धनगढी : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उहाँले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo