KhabarUjyalo

एमालेका केन्द्रीय सदस्यलाई बिहानै प्रधानमन्त्री ओलीको एसएमएस

२ चैत्र २०७७, सोमबार
एमालेका केन्द्रीय सदस्यलाई बिहानै प्रधानमन्त्री ओलीको एसएमएस

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा उपस्थित हुन नेताहरुलाई एसएमएस पठाएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एमालेका केन्द्रीय सदस्यहरुलाई निम्तो पठाएका हुन् ।

पार्टी अध्यक्षसमेत रहेका ओलीले चैत ७ गते बोलाइएको पार्टीको १२ औं केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा सोमबार ११ बजे चियापान आयोजना गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार खेमालाई पनि ओलीले निम्तो पठाएको बताइएको छ ।

यसअघि एकलौटीरुपमा पार्टीमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बसेर केन्द्रीय सदस्यहरु थप गर्ने, प्रदेश इन्चार्जहरु तोक्ने, महाधिवेशनको मिति तोक्‍नेलगायतका निर्णयहरु गरेका थिए । अध्यक्ष ओलीका उक्त निर्णयबाट रुष्ट बनेको नेपाल समूहले पनि प्रदेशमा समानान्तर कमिटी गठन गरेको थियो ।सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई हार्दिक अनुरोध छ ।मिति : २०७७ चैत ३ गतेसमय : बिहान ११ बजेस्थान : प्रधानमन्त्री निवास बालुवाटारइन्द्रप्रसाद भण्डारीप्रमुख स्वकीय सचिव

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo