वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, तीन सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको आइतबार राति जारी संयुक्त विज्ञप्ति :
१. ओलीमा गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरकुंश प्रवृत्ति, आफ्नै पार्टी एमालेलाई समेत विभाजित गर्दै कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ अग्रसर ।
२. ओलीमा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता पनि छैन । ओलीको चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलन निरन्तर अप्ठेरोमा ।
३. ओलीले जनता, देश र पार्टीमाथि नै विश्वासघात गरे, विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलाप गरे । उनका विधानविपरीत, अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका समस्या ।
४. कार्यकर्ता र जनताका सामु लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्थी अवसरवादलाई अँगाल्दै वामपन्थी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो ।
५. नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन र विधानअनुरूप तथा नेकपा (माओवादी केन्द्र)सँगको एकीकरणपछि एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन र विधानअनुरूप पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदा केपी ओली गुटलाई पाच्य भएन ।
६. ओलीले वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र कार्यान्वयन गरेनन् । स्वयंको सहमति र हस्ताक्षरबाट भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचको ऐतिहासिक एकीकरणको सहमति, घोषणा, सिद्धान्त, नीति, कार्यक्रमलाई उल्लंघन गरे ।
७. सर्वोच्च अदालतले समेत प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर ग¥यो । तैपनि ओलीबाट राजनीतिक नैतिकताको कुनै महसुस भएन ।
८. ओलीले अवैधानिक रूपमा विधान संशोधन गरे, अवैध तथा स्वेच्छाचारी गुटगत कार्य गरे । ओलीले गरेको गुटको भेलालाई पार्टीको बैठक मान्न सकिन्न, पार्टीलाई विभाजनतर्फ धकेल्ने कोसिस हो ।
९. सरकारी निवासमा गुटको भेला गरी यसलाई केन्द्रीय कमिटीको विशेष बैठकको नाम दिई कतिपय नेतालाई पदमुक्त गर्ने, नेताहरूको पदीय जिम्मेवारीमा फेरबदल गर्ने र केही नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने अवैध तथा स्वेच्छाचारी गुटगत कार्य ।
१०. पार्टी विधान संशोेधन विधान महाधिवेशनले मात्र गर्न सक्दछ । गुट भेलाले गरेको भनिएको विधान संशोधन पूर्ण रूपमा अवैध र औचित्यहीन । केपी गुटका विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन हाम्रो पार्टीका देशभरका सम्पूर्ण सदस्यहरूलाई आह्वान ।
११. ओलीले विधान, पद्धति र विधिअनुरूप बैठक चलाएनन्, पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा आयो । नेकपा (एमाले)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरिछाड्नेछौँ । नयाँ पत्रीकाबाट