कञ्चनपुर: कञ्चनपुरमा एक वडा अध्यक्षमाथि आक्रमण भएको छ। जिल्लाको बेदकोट नगरपालिका–५ का वडाअध्यक्ष गणेश विक(कुशल)माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको हो।
स्थानीय राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा लगायतले सामान्य विवादमा अध्यक्ष विकमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेको बताइएको छ।
अहिले वडाअध्यक्ष विक महाकाली अस्पतालमा उपचाररत छन्।