धनगढी : गन्यापधुरा गाउपालिकाले प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा समझदारी पत्र (एमओयुमा) सम्झौता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रममा पालिकाका अध्यक्ष नबल मल्लले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रम हस्ताक्षर गरेका हुन । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ । पालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाएको छ ।
प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत रडुवा-कलारीमाण्डौ-गणेशपुर सडक स्तरोन्नति गरि कालोपत्र गर्ने गरि नेपाल सरकार,प्रदेश सरकार र गाउँपालिका बिच आयोजना कार्यान्वयन लागि गाउँपालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।