नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्सले फोर्डको इकोस्पोर्ट एसई पेट्रोल गाडी बजारमा ल्याएको छ । कम्पनीले ४७ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नयाँ गाडी सार्वजनिक गरेको हो ।
यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभी लिइएको कम्पनीको दाबी छ । यसमा पछाडि राखिने जगेडा चक्का नरहेको जनाइएको छ । फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘ग्राहकहरू धेरैभन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै गरेको निष्कर्षसहित आरामदायी तथा अभूतपूर्व सुरक्षाको व्यवस्था र सिंक–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाइमा पुर्याउने विश्वासका साथ यो भेरियन्ट ल्याएका हौँ ।’
यस संस्करणको गाडीमा बोल्ड लुक्स र ग्रिल, १६ इन्च एलोई ह्विल्स्, उच्च ग्राउन्ड क्लियरेन्सजस्ता विशेषतालाई जोड दिइएको कम्पनीले जनाएको छ । यसमा रहेको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पन्चर मर्मत गर्न सकिने सुविधा रहेकाले जगेडा चक्का नचाहिने कम्पनीको दाबी छ ।
नयाँ इकोस्पोर्ट एसईमा १.५ लिटर टिआइभिसिटी पेट्रोल इन्जिन रहेकाले सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पिएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्ने कम्पनीले जनाएको छ । डिजेल इन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टिडिसिआई इन्जिन भएको गाडी उपलब्ध रहेको जनाइएको छ । यसले १ सय पिएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्ने जनाइएको छ ।