KhabarUjyalo

यस्तो थियो ४० लाख वर्षअघि मानव पूर्खाको अनुहार !

२८ फाल्गुन २०७७, शुक्रबार
यस्तो थियो ४० लाख वर्षअघि मानव पूर्खाको अनुहार !

आजभन्दा ४० लाख वर्षअघिको मानव पूर्खाको अनुहार कस्तो थियो भनी अब थाहा पाउन सकिने भएको छ । वैज्ञानिकहरूले प्राचीन मानव अनुहारको संरचना रिक्रीएट गरेका छन् । 

यो अस्ट्रालोपिथेकस एनामेनसिस भनी चिनिने प्रजातिका मानवको अनुहार हो ।

सन् २०१६ मा इथियोपियामा साबुत अवस्थामा भेटिएको सानो खप्परका आधारमा अनुहार बनाइएको हो । 

अनुसन्धानकर्ताहरूले वयस्क पुरुषको खप्पर फेला पारेका हुन् । लाम्चो र साँघुरो खप्परमा सानो मस्तिष्क भएको पत्ता लागेको हो । 

तर उक्त प्रजातिको गालाको हाड उठेकाले अनुहार आधुनिक मानवको जस्तो देखिन्छ । 

एनामेनसिस अस्ट्रालोपिथेकस जिनसको सबभन्दा पुरानो सदस्य हो । हाम्रो पूर्खा होमो सेपियन्स यही समूहबाट विकसित भएको विश्वास गरिन्छ । 

अहिले पत्ता लागेको खप्परलाई अनौपचारिक रूपमा एमआरडी नाम दिइएको छ र मानव विकासको आइकनका रूपमा यसलाई लिइएको छ ।लोकान्तरबाट

https://www.dailymail.co.uk/sciencetech/article-8971431/Humanoid-lived-6-million-years-ago-walked-fours-closer-chimps-humans.html?ico=embedded

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo