Khabar Ujyalo

धनगढीमा एक करोड बढीको लगानीमा प्रेमबहादुरले संचालनमा ल्याए लाउन्ज बार !

२८ फाल्गुन २०७७, शुक्रबार
धनगढीमा एक करोड बढीको लगानीमा प्रेमबहादुरले संचालनमा ल्याए  लाउन्ज बार  !

धनगढी : धनगढीमा करोडौंको लगानीमा प्रेमबहादुर बुढाले लाउन्ज बार संचालनमा ल्याएका छन् । धनगढी उप–महानगरपालिका ३ का प्रेमबहादुर बुढाले १ करोड १० लाखको लगानीमा एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेण्ट संचालनमा ल्याएका हुन । शुक्रवार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले उद्धघाटन गरेका हुन् ।

सात बर्ष साउदी अरबमा काम गरेर आएका बुढाले बिशेषगरि थकाली खाना, मट्का विरायनी, फायर पिज्जा बिशेषता रहेपनी नास्ता र सबै प्रकारका खानाका परिकारको रहने बताए ।

धनगढीमा पछिल्लो समय ठुला लगानीका होटेल तथा रेष्टुरेन्ट आइरहेका बेला बुढाले धनगढीमा पारिवारिक ब्यवस्थासहित मनोरञ्जन ,आकर्षक श्रृङ्गारमा रहेको रेस्टुरेन्टमा नयाँ तथा मिठो खानाको स्वादका पारखीहरुका लागि सन्तुष्टि दिने दावी गरेको छन् ।

एलिनाज् लाउन्ज एण्ड बारमा आज र भोलि सांगीतिक कार्यक्रम राखेको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.