KhabarUjyalo

आज देशभर विविध कार्यक्रम गरि सेना दिवस मनाइँदै

२७ फाल्गुन २०७७, बिहीबार
आज देशभर विविध कार्यक्रम गरि सेना दिवस मनाइँदै

काठमाडौं : नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदै छ । शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा विशेष समारोह हुँदैछ ।

सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम समेत आयोजना गरिएको छ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

वर्तमान नेपाली सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइँदैन । तर विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo