१९ असार २०७९, आईतवार

कांग्रेस सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

२७ फाल्गुन २०७७, बिहीबार
[Sassy_Social_Share]
कांग्रेस सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ, २७ फागुन । महाशिवरात्रि पर्वको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्नुभएको छ ।

‘नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यसमध्ये हिन्दू धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” एक महत्वपूर्ण र पवित्र पर्व हो,’ सन्देशमा भनिएको छ, ‘प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।

हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।’

उहाँले महाशिवरात्रीको यस पावन अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सदा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo