९ आश्विन २०७९, आईतवार

बैतडीमा चल्लालाई तातो बनाउन हिटर बालेर सुतेका राजसिंहको मृत्यु,भतिजा बेहोस

२६ फाल्गुन २०७७, बुधबार
बैतडीमा चल्लालाई तातो बनाउन हिटर बालेर सुतेका राजसिंहको मृत्यु,भतिजा बेहोस

बैतडी : बैतडीमा कुखुराका चल्लालाई न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाको निसासिएर मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउँद छन्। यस्तै बेहोस हुनेमा राजसिंहकै भतिजी २० वर्षीया सरिता रहेकी प्रहरीले जनाएको छ। 

गएराति बन्द कोठाभित्रै हिटर बालेर सुतेका दुवैजना आज बिहान बेहोस अवस्थामा फेला परेका मृतकका दाइ चन्द्रले जानकारी दिए। राजसिंहको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा पाटन नपुग्दै मृत्यु भएको हो।

सरितालाई भने उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। मृतक राजसिंहको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको साउँदले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo