धनगढी : धनगढीको चटकपुरस्थित आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालिलाई डडेल्धुरा हार्डवयेर व्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।
उद्घाटन आगावै आगलागीबाट क्षति भएको आलोक मल्टी कन्सर्न प्रालिलाई डडेल्धुरा हार्डवयेर ब्यवसायी संघ डडेल्धुराले ३ लाख २५ हजार एक सय पच्पन्न रुपैया आर्थिक सहयोग गरेको हो ।
उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीहरुको आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लिमा शनिबार आगलागी भएर पुर्ण क्षती भएको थियो ।
आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न थालेका छन् ।