KhabarUjyalo

प्रचण्ड दौडधुपमा, देउवा भेटेपछि बाबुरामलाई भेट्न भट्टराई निवास पुगे

२५ फाल्गुन २०७७, मंगलवार
प्रचण्ड दौडधुपमा, देउवा भेटेपछि बाबुरामलाई भेट्न भट्टराई निवास पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo