९ आश्विन २०७९, आईतवार

देउवा भेट्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठमा

२५ फाल्गुन २०७७, मंगलवार
देउवा भेट्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरु भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ ।

आजमात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo