KhabarUjyalo

कोमल वलीले दिईन नेता रघुजी पन्तविरूद्ध अदालतमा मुद्दा

२५ फाल्गुन २०७७, मंगलवार
कोमल वलीले दिईन नेता रघुजी पन्तविरूद्ध अदालतमा मुद्दा

काठमाडौं, २५  फागुन । राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरूद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती सम्बन्धि मुद्दा हालेकी छन्।

गायीकासमेत रहेकी वलीले केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए।

वलीले दिएको उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ को उपदफा १ र २, ३०६ को उपदफा १ र २ अनुसार कसुर गरेको भन्दै  कारबाही माग गरिएको छ। 

पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo