१७ असार २०७९, शुक्रबार

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

२५ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड-१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo