KhabarUjyalo

अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरु बिरोधमा

२५ फाल्गुन २०७७, मंगलवार
अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरु बिरोधमा

धनगढी : कैलालीको अत्तरिया चोकमा लामो समयसम्म खाल्डाखुल्डी नपुरीदा बजार दुर्गन्धित भएको भन्दै स्थानिय ब्यापारीले बिरोध गरेका छ । मंगलबार अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरुले आधा घण्टा चक्काजाम गरेका हुन।

चोकमा उड्ने धुँवाधुलो,खाल्डाखुल्डी भरिएको दुर्गन्ध पानीले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।

पटक–पटक गोदावरी नगरपालिका तथा सडक डिभिजन कार्यालयलाई मौखिक एवंम लिखित रुपमा जानकारी गराउँदा समेत कुनै पहल नभएपछि चक्काजाम गर्न बाध्य भएको उनले बताए। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo