KhabarUjyalo

गेटामा रहेको के एस कन्ट्रक्सनमा आगलागी हुँदा झन्डै एक करोडको क्षति

२५ फाल्गुन २०७७, मंगलवार
गेटामा रहेको के एस कन्ट्रक्सनमा आगलागी हुँदा झन्डै एक करोडको क्षति

कैलालीमा फेरी आगलागि भएको छ । गोदावरी नगरपालिका ५ गेटामा रहेको के एस कन्ट्रक्सनमा आगलागी भएको हो । 

खडक सिंह पालले सञ्चालन गरेको के एस कन्ट्रक्सनमा आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।

मंगलबार विहान ५ बजे अचानक आगलागी भएको र टायर, मोबिल ब्याट्री लगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा करिब ८० लाख देखि १ करोड रुपैयाँ सम्मको क्षति भएको सञ्चालकले बताए ।

आगलागीको कारण खुुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्यासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo