काठमाडौ : ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली जहाँ-जहाँ जान्छन्, त्यहाँ उनीसँगै अर्का युवक हुन्छन्। नेपालीसँगै हिँड्ने हट्टाकट्टा शारीरिक बनावट भएका ती युवक नेपाल प्रहरीका हवल्दार हुन्। माघ ६ गतेदेखि मेयर नेपालीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)का रूपमा हवल्दार खटिएका हुन्।
मेयर नेपालीले दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालयमा आफूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै पिएसओ माग गरेका थिए।
जिल्ला प्रशासन कार्यालय बाग्लुङमा निवेदन दिएर पिएसओ माग गरे पनि सुरक्षा निकायले उनलाई पिएसओ दिएन। मेयर नेपालीले दाबी गरेजस्तो सुरक्षा थ्रेट नभएको सुरक्षा निकायको निष्कर्ष थियो।