KhabarUjyalo

नारी दिवसमा श्रीमान बोकेर दौडने प्रतियोगिता,विष्णु अधिकारीको जोडी प्रथम

२४ फाल्गुन २०७७, सोमबार
नारी दिवसमा श्रीमान बोकेर दौडने प्रतियोगिता,विष्णु अधिकारीको जोडी प्रथम

अन्तराष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ।सरकारले आज सार्वजनिक विदा दिएको छ भने देशका विभिन्न ठाँउमा यो दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन्।

महिला दिवसको अवसरमा तनहुँमा भने भिन्न कार्यक्रममा दृश्य देखियो। श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता तनहुँको देबघाट मा १४ जना जोडी सहभागि थिए।

महिला पनि पुरुष सरह सक्षम हुन्छन् भनेर देखाउनका लागि गाउँपालिकाले नै श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिता गरेको जनाएको छ। सोमबार देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङगणमा गरिएको प्रतियोगितामा १४ जोडी सहभागि भए।

सो दौड प्रतियोगितामा स्थानीय विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भयो। यस्तै दोस्रो गंगा र नविन गुरुङको जोडी द्धितिय, सीता लामिछाने थापा क्षेत्री र बमहादुर थापाको जोडी तृतीय र उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वना स्थान हासिल गर्यो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo