Khabar Ujyalo

राष्ट्रपतिद्वारा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सम्मान

२४ फाल्गुन २०७७, सोमबार
राष्ट्रपतिद्वारा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सम्मान

काठमाडौं । अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल मुस्कान खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी छिन्।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो ।

राष्ट्रपति भण्डारीले उनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाएकी हुन् ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.