बुटवल, २३ फागुन। मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा स्थानीय अवरोध गर्ने क्रम नरोकिए पछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले स्थानीयका विरुद्ध स्थानीय नै उचालेर जबर्जस्ती औद्योगिक क्षेत्र निर्माण गर्न तम्सिएका छन । औद्योगिक क्षेत्र निर्माणकाविरुद्ध उत्रिएकाहरुलाई सत्तापक्षका स्थानीयहरुलाई उचालेर स्थानीयबासिन्दाबीच द्वन्द्व चर्काउन अध्यक्ष बस्ने लागिपरेको देखिएको छ ।
शनिबार साँझ अध्यक्ष बस्नेतले बुटवलको रानीगञ्ज क्षेत्रका बासिन्दाका डेढ दर्जन स्थानीयबासी तथा जनप्रतिनिधिलाई औद्योगिक क्षेत्र निर्माण सन्दर्भमा सहमति पत्रमा हस्ताक्षरमा गराएका छन् । सहमति पत्रको सातौं बुँदामा औद्योगिक क्षेत्रको ‘बी’ ब्लकमा हुने निर्माणमा अवरोध भए सशक्त प्रतिरोध गर्ने भनिएको छ ।
सहममित पत्रमा उल्लेख भएअनुसार स्थानीयको तर्फबाट नमुना टोल विकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन् । यस्तै, सम्झौता पत्रमा औद्योगिक करिडोर निर्माणलाई स्वागत गर्दै जग्गाको नापजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडि बढाउने भनिएको उल्लेख छ ।
सहमति पत्रमा भेला गरिएको स्थानीयहरुले औद्योगिक क्षेत्र निर्माणमा आफूहरुले कुनै बाधा अवरोध नपुर्याउने प्रतिवद्धता जाहेर गरेका छन् । तर, आफ्नो पक्षका स्थानीयहरुलाई भेला गरेर हास्यास्पद रुपले सहमति पत्रमा हस्ताक्षर गर्न लगाएको बताइएको छ । केही दिन अघि अर्थमन्त्री र उद्योगमन्त्रीले उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरिरहेको अवस्थामा त्यहाँका स्थानीयबासीहरुले ढुंगा मुढा गरेर लखेटेका थिए । र, उनीहरुको माग सम्बोधन नै नगरी जबरजस्ती गरिए औद्योगिक क्षेत्र बन्न सक्ने अवस्था छैन ।
त्यसो त कोही पनि स्थानीय औद्योगिक क्षेत्र नबनोस भन्ने मनसायमा नरहेको केवल पाँच दशकदेखि जग्गामा बसेर जीविकोपार्जन गर्दै आएका आफूहरुको माग सम्बोधन हुनुपर्ने स्थानीयको माग रहेको छ ।
सहमति पत्रः