१९ असार २०७९, आईतवार

हराए लालसेना, बिलाए सपना

२३ फाल्गुन २०७७, आईतवार
[Sassy_Social_Share]
हराए लालसेना, बिलाए सपना

काठमाडौ : जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बस र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे ।

समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।

नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनी गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउनेदेखि कम्युन स्थापना गरेर साझा सम्पत्तिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए ।

तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, तब ती सपना साकार हुन सकेनन् । बेकार बने ।

स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo