धनगढी : साहित्यकार तथा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक गणेशराज जोशीद्धारा लिखित दोस्रो निबन्ध सङ्ग्रह ‘मधुवन’ को लोकार्पण गरिएको छ ।सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको आयोजनामा आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्ग्रह ‘मधुवन’को लोकापर्ण गरेका हुन् ।
‘मधुवन’ निबन्ध सङ्ग्रहमा १४ वटा निबन्धहरू रहेको लेखक जोशीले बताए । जोशीको यो दोस्रो निबन्ध कृति हो । यस अघि उनले मान्छे र फूल निबन्ध सङ्ग्रह बजारमा ल्याएका थिए ।