१८ असार २०७९, शनिबार

‘म प्रधानमन्त्रीको रेसमा छैन’ : देउवा

२२ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
‘म प्रधानमन्त्रीको रेसमा छैन’ : देउवा

काठमाडौं, २२ फागुन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शनिबार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’

सभापति देउवाले नेकपाभित्रको पछिल्लो आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताएका छन्। पार्टीले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसदमा उनीहरुको प्रस्तुतिपछि मात्रै कांग्रेसले आफ्नो धारणा प्रस्तुत गर्ने पनि उलने बताए ।

पुस्तक विमोचन कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा आयोजना गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo