KhabarUjyalo

कांग्रेसको प्रश्न- ‘राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?’

२१ फाल्गुन २०७७, शुक्रबार
कांग्रेसको प्रश्न- ‘राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?’

काठमाडौ : नेपाली काङ्ग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह खुला राजनीतिमा आएसँगै उक्त समूहसँग रहेका हातहतियारको खोजीबारे प्रश्न गरेको छ।

विप्लव समूहसँग हातहतियार रहेको भए पनि ती हतियार कसरी व्यवस्थापन गर्ने भन्ने विषय सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न गरेको छ। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्।  

‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo