Khabar Ujyalo

विप्लवका नेतालाई ओलीले भने- ‘यति छोटो समय जेल बस्न पाए पो हुने, हाम्रो त १४ वर्ष’

२१ फाल्गुन २०७७, शुक्रबार
विप्लवका नेतालाई ओलीले भने- ‘यति छोटो समय जेल बस्न पाए पो हुने, हाम्रो त १४ वर्ष’

काठमाडौ : राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विप्लवका नेताहरूलाई जिस्काएका छन्।’प्रकाण्ड हो क्या रे नाम,’ ओलीले भने। उनले त्यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो।

त्यसपछि उनले आजै जेलबाट छुटेर आएका अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई पनि जिस्काए।

‘भर्खरै जेलबाट छुटेर आउनु भएका धर्मेन्द्र बाँस्तोला जी। यति छोटो समय जेल बस्न पाए पो हुने। हाम्रो त १४ वर्ष,’ ओलीले भने।

उनले यसो भन्दा पनि हलभरि हाँसो गुन्जियो ।प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए। अब नेपालमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए।

उनले भने, ‘यो योगदानका लागि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु। यो साहसी कदम हो। जो कोहीले यो गर्न सक्दैनन्।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.