KhabarUjyalo

सहिदका सपना मर्न दिँदैनौ : विप्लव

२१ फाल्गुन २०७७, शुक्रबार
सहिदका सपना मर्न दिँदैनौ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् । राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताएका हुन् ।  ‘हामीले जस्तोसुकै कठिनाइ भोग्नुपरे सहिदको सपना मर्न दिदैनौँ’ विप्लवको भनाइ छ ।

‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्व गण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo