काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर हुन लागेको हो । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा हस्ताक्षर भएपछि प्रधानमन्त्री र चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एवं वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको अलग अलग वार्ता टोली गठन गरेका थिए ।
विप्लव शुक्रबार बिहान नवलपुरमा सार्वजनिक भएर काठमाडौं आउनुभएको थियो । फोटो नेपाल टेलिभिजन