धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन आज छुट्ने भएका छन् ।
कैलाली कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा हुने भएका हुन् । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गर्न लागिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गर्न लागिएको हो । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो । सरकार र विप्लवबिच ३ बुदे सहमति भएपछि सरकारले विप्लवका नेता कार्यकर्तालाई धमाधम रिहा गर्दैछ ।