Khabar Ujyalo

नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुल्यो

२१ फाल्गुन २०७७, शुक्रबार
नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुल्यो

नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ।

बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

यसको विस्तृत जानकारी बैंकले आजको गोरखापत्रमा सूचना निकालेर दिएको छ।

स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ।

तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.