KhabarUjyalo

कार अफ दि इयर अवार्ड ‘हुन्डाई आई २०’ ले जित्यो

१६ फाल्गुन २०७७, आईतवार
कार अफ दि इयर अवार्ड ‘हुन्डाई आई २०’ ले जित्यो

काठमाडौं, फागुन १६ – हुन्डाई आई २० भारतको ‘कार अफ दी इयर’ घोषित भएको छ । तेस्रो पुस्ताको आई २० लाई सन् २०२१ का लागि भारतको कार अफ दी इयर विजेता घोषणा गरिएको हो ।

आई २० ले निर्णायकमण्डलबाट १०४ अंक प्राप्त गरी शीर्ष विजेता बनेको हो । प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो भयो । सन् २०२० मा हुन्डाई भेन्युले यो अवार्ड जितेको थियो ।

यो वर्ष पहिलोपल्ट टाटा नेक्स ईभीलाई ग्रीन कार अवार्ड र ल्यान्डरोभर डिफेन्डरलाई वर्षको प्रिमियम कार अवार्ड प्रदान गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo