KhabarUjyalo

सडकमा छाडा गाई,गौशालामा कमाईका स्रोत !

१५ फाल्गुन २०७७, शनिबार
सडकमा छाडा गाई,गौशालामा कमाईका स्रोत !

धनगढी : गाई हिन्दूहरुको पवित्र जनावर मानिन्छ । हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छ भन्ने बिश्वास रहेको छ । भने वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ । तर पछिल्लो समयमा गाईलाई सडकमा छाडा छोड्ने गर्छन् । दुध दिने समयमा घरमा राखेर दूध खाने र वृद्ध र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्ति धेरैको छ । अहिले पनि त्यतिकै मात्रामा सडकमा छाडा गाई देखिन्छन् । तर धनगढीको चटकपुरमा रहेको गौ संरक्षण सेवा समितीले भने तिनै छाडा चौपाया गाईबाट कमाईको स्रोत बनाउदै छ ।

सडकमा रहेका ४५ वटा छाडा गाईलाई गौशालामा राखेर उनीहरुको पालनपोषण गरेर अहिले दूध,गोबर र केही दिन गौमुत्र बजार बिक्रीमा ल्याउदै छन्  । दैनिक ८ लिटर दूध बिक्री गर्दै आएका छन् भने गोबरलाई प्रशोधन गरेर गड्यौला राखेर गड्यौला मल उत्पादन गरेर बजारमा बिक्रीमा ल्याएको गौ संरक्षण सेवा समितिकि निर्देशक रिता अवस्थीले बताइन् । गौशालामा ४ जना कामदार रहेका छन् भने ४ बिघा २ कट्टामा घाँस लगाएको छ । “छाडागाईलाई कसरी ब्यवस्थित गरेर तिनिहरुबाट कसरी आम्दानीको स्रोत बनाउने र धार्मिक कार्यमा गाइको शरीरमा उत्पादन हुने  दुध, मुत्र र गोबरलाई उपयोगमा ल्याउने योजना बनाउदै छौं ।” उनले भनिन्-“अहिले बजारमा दैनिक ८ लिटर दुध र गड्यौला मल प्रती केजि रु ४० राखेर गड्यौला मल प्याकेट बजारमा बिक्री बितरण भइरहेको छ, केही महिनामा गोमूत्र बजारमा ल्याउने तयारी छ ।”

२०७५ साल बैशाख ७ गते गाईप्रती स्रदा धार्मिक आस्थावान रहेका १५ जनाको टिमले शान्ती सामुदायिक बनले धनगढी उपमहानगरपालिका ३ गौशाला निर्माण गर्न दिएको जग्गामा शिलान्यास गरे । गौशाला निर्माणका लागि एक ब्यक्तिबाट एक गाई एक बासस्थान बनाउन ५१ हजार सहयोग माग्ने योजना बनाए । उत्त कार्यमा ५४ जनाको सहभागीताले गौशालाको निर्माणको थालनी गरियो । गौशाला निर्माणको क्रममा भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले २५ लाख,प्रदेश सांसद डिल्लीराज पन्तले  सांसद कोषबाट ८ लाख,भेटनरी कार्यालय महेन्द्रनगरबाट ५ लाख सहयोग प्राप्ति भयो । यस्तै धनगढी उपमहानगरपालिकाबाट ५ लाख,धनगढी उपमहानगरपालिका ३ वडा कार्यालयबाट १ लाख ५० हजार सहयोगबाट २ गौशाला , १ घाँस संकलन गृह,शौचालय र गौशाला क्षेत्र तारबार गरिएको छ ।

कृषि बिकास निर्देशनालय डोटिले मल प्रशोधनका लागि १ लाख ५० हजार सहयोगमा १ मल प्रशोधन गृह निर्माण गरिएको निर्देशक अवस्थी बताईन ।

केहि महिनामा गोमुत्र प्रशोधन गृह संचालन ल्याउने तयारी रहेको उनले बताईन । इजरायलमा रहेका तपराज पन्तले गोमूत्र मेसिन सहयोगमा बजारमा गोमूत्र बिक्रीमा ल्याउने तयारी रहेको उनले बताए । गाईको गोबरबाट हवन दाउरा,सबिधा दाउरा र चित्ता दाउरा पनि बजारमा ल्याउने योजना रहेको उनले बताईन । त्यसका लागि गौशालाको आर्थिक कोषमा रकम नभएकोले तत्काल काम गर्न मुश्किल छ । सरकारले गर्नु पर्ने दायित्व गौशालाले गर्न गएको छ । संघिय,प्रदेश र स्थानीय सरकारले अझै प्रभावकारीता रुप गौशालालाई सहयोगको अपेक्षा रहेको छ । तीन तहकै सरकारसङ्ग समन्वयमा छाडागाई सडकमा न्यूनीकरण गर्ने गौशालाको मुख्य भुमिका रहने उनले बताईन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo