KhabarUjyalo

कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना देखियो !

१५ फाल्गुन २०७७, शनिबार
कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना देखियो !

पाल्पा : पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । तीनै जना स्वास्थ्य मापदण्ड पूरा गरेर होम क्वोन्टिनमा बसेको र उनीहरुमा स्वास्थ्य समस्या समेत नदेखिएको सूचना अधिकारी पन्थीले बताए ।

कोरोना विरुद्धको पहिलो खोप लगाउँदैमा संक्रमण नहुने भन्ने नभएका कारण स्वास्थ्य सावधानी अपनाउन पनि स्वास्थ्य कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo