धनगढी : दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर डटकम चौँथो वर्षमा प्रवेश गरेको छ। २०७४ साल फागुन १४ गतेदेखि सञ्चालन भएको दिनेशखबर तीन वर्षे यात्रा पुरा गर्दै चौँथो वर्षमा प्रवेश गरेको हो।
चौँथो वर्षमा प्रवेश गरेको अवसरमा दिनेशखबरले धनगढीमा औपचारिक समारोहकाबीच तेस्रो वार्षिकोत्सव पनि मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा सहभागी बिभिन्न व्यक्तिहरुले दिनेशखबरको अगामी यात्राको सफलताको कामना गरेका छन् ।
दिनेश सञ्चारक गृहका प्रबन्ध निर्देशक गोपाल हमालले दिनेशखबर डटकमको तीन वर्षे यात्रा सम्म सहयोग गर्ने स्रोता, दर्शक, पाठक तथा विज्ञापनदाता लगायतका सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा समेत निरन्तर साथ सहयोग पाउने अपेक्षा गरे।

