धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिका– २ मा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी १८ वर्षीया युवती घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । सिलिङ पंखामा झुण्डिएको अवस्थामा भाइले डोरी काटेपछि शव भुइमा खसेको अवस्थामा प्रहरी टोली पुगेको बताए । घटनाकोे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।