काठमाडौ : सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव डेढ घण्टा परामर्श गरेका हुन् । भेटमा प्रधानमन्त्रीले आगामी राजनीतिक कदमबारे छलफल गरेको बुझिएको छ ।
भेटमा सर्वोच्चको आदेश अनुसार संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ । यसअघि प्रधानमन्त्री नेतृत्वको नेकपाले अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरिसकेको छ ।
संसद विघटनको कदम सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्रीको राजीनामा माग हुँदै आएको छ । राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनुपर्ने माग उठिरहेको समयमा भएको भेटलाई महत्वपुर्ण रुपमा लिइएको छ ।