Khabar Ujyalo

एकैदिन चीन र भारतका राजदूत देउवा निवास बुढानिलकण्ठमा

१४ फाल्गुन २०७७, शुक्रबार
एकैदिन चीन र भारतका राजदूत देउवा निवास बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका छन्।

स्रोतका अनुसार बिहीबार अपरान्ह फरक-फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन्।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो। उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.