धनगढी : उमेर ५ बर्ष न कसैको चिन्ता गर्ने,न केहिप्रति चिन्तन गरेर लागि पर्ने उमेर । त्यो उमेरमा धेरैले आमाबुबामै काखमा रमाएर बिताएका हुन्छन् । तर पोखरा कि ८ बर्षकी कक्षा ३ मा पढ्ने प्रेन्शा रेग्मीले भने ५ वर्षको उमेरमै भविष्यमा केही संकट आउन सक्छ भनेर आमाबुबाले न्वारानमा राखिदिएको ५ हजार रकमलाई बैंकमा आफ्नो खाता खोलेर जम्मा गरिन । त्यसपछि अरुले दिएको दक्षिणा पनि बैंक खातामा जम्मा गर्दै गईन । रकम जम्मा गर्दै गएको ३ बर्ष अर्थात उनको ८ बर्ष उमेरमै त्यो जम्मा गरेको रकम निकाल्नु पर्ने अवस्था आयो सन २०१९ मा बिश्वभर फैलिएको कोरोना महामारीले । भविष्यमा समाजमा के गर्ने भनेर सोचि रहेकी प्रेन्शा । नेपालमा सरकारले लगाएको लकडाउनमा प्रहरीले मास्क नलगाउनेलाई कार्वाही गरेको र कुटेको देख्दा उनको मन स्तब्ध भयो । प्रहरीको कुटाई खाने सर्वसाधारण जनता रहरले नभएर बाध्यताले उनिहरुसङ्ग पैसा या मास्क नभएर नै सडकमा मास्क लाग्यो । प्रहरीले मास्क नभएकालाई कुट्नु भन्दा मास्क बाड्नु पर्ने लाग्यो । तर प्रहरी दिनप्रतिदिन सडकमा मास्क नलगाई हिन्नेलाई कुट्ने मुर्गा बनाएर हिनाएको देखिन । उनले त्यो दृश्य देख्न नसकेर ती सर्वसाधारणलाई आफुले जम्मा गरेको रकमबाट मास्क बितरण गर्ने सोच बनाईन । उनले सोचेको सायदै थिएनन यति चाँडै जम्मा गरेको रकम निकाल्छु भनेर । उनले पाँच वर्षको उमेरदेखि जम्मा गरेको रकम गत चैत्रसम्म १५ हजार रकम र बुबाबाट १५ हजार मागेर ३० हजारको मास्क किनेर पोखराको सडकमा आईन ८ बर्षकी प्रेन्शा रेग्मी ।
त्यो समय कोरोनाको चौतर्फी सन्त्रास फैलिएको थियो । तर ८ बर्षिय प्रेन्शा भने सरकारले गर्नु पर्ने काम एक्लैले सडकमा हिन्ने सर्वसाधारणलाई मास्क बितरण गरिन, मास्क किन लगाउने र कसरी कोरोना संक्रमणबाट बच्ने भनेर क्याम्पेनिङ गरिन् । भने सर्वसाधारणलाई मास्क नलगाएर कुट्ने प्रहरीलाई नि मास्क वितरण गरिन् ।
कोरोना महामारीमा रोग भन्दा भोकले मर्न पर्ने अवस्था आएपछि उनले फुडबैंक संचालनमा ल्याईन । लकडाउनमा समस्यामा परेका परिवारलाई लक्ष्यित गरि संचालन गरेको फुड बैंकमा धेरैले आवस्यक खाध्यान्न लगरे दैनिकी चलाउनमा सहज भयो । ‘देशमा लामोसमय लकडाउनका कारणले सबथोक ठप्प प¥यो । दैनिक गुजारा चलाउनेलाई दिनकाट्न ठूलो समस्यामा परे । कसैको जागिर गयो,कसैले पैसा भएर नि खाध्यान्न किन्न सकिने अवस्था थिएन । रोग भन्दा भोकले मर्न अवस्था आयो । अब उनिहरुका लागि केही गर्नु पर्छ भनेर सोचे । केहिदिनमा सडक फुडबैंक सुरु गरे । हुनेवालाले दिएर जाने नहुनेवालाले लगेर जाने गरे ।’
उनले कोरोना महामारीका बेला थुप्रै अभियान चलाइन् । पोखराका बिभिन्न फोहोर हुने ठाँउहरुमा आफै गएर डोका राखेर सफा अभियान चलाइन । जेलमा आमा बुबाको गल्तिका कारणले छोराछोरीले भोक्नु पर्ने अवस्था छ । उनिहरुलाइ शिक्षाको कमि नहोस् भनेर जेलमै पुगर ति बालबालिकाकालाई कापिकलम र मास्क बितरण गरिन् । पैसा नभए कापीकलम किन्न नसकेका परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री बितरण गरिन । ‘एकदिन पसलमा बसेको बेला दुई जना आफ्नै उमेरकी साथी आईन । उनीहरुले कपि मागिन मैले ५०–६० मूल्य पर्ने देखाएँ । उनिहरुले अलि सस्तो देखाउनु भन्नूभयो अनि मैले ३० रुपैयाँको देखाएँ । त्योभन्दा सस्तो खोज्नुभयो मैले २० को देखाएँ । अब त्यो भन्दा सस्तो कपी कहाँ हुन्छ र ?’ उनले भनिन्–‘उहाँलाई त्यो पनि महँगो लाग्यो । अनि मैले सोधे तपाईको बुबाले के गर्नु हुन्छ ? भनेर । हाम्रो बुबाआमा नै हुनुहुन्नभन्दा मलाई निकै दुःख लाग्यो । मलाई मेरो बुबा–आमाले सबै पु¥याई दिनुभएको छ । साइकल छ, ट्याब, सबैथोक छ । अरु म जस्तो साथीहरुसंग पढ्ने इच्छा भएर पनि पूरा गर्न नपाएकाहरुलाई कापीकलम वितरण गर्नु पर्छ भनेर कापीकलम बितरण गर्न थाले।’
यस्तै १६ बर्ष नपुगेका बालबालिकालाई चुरोट खैनि बिक्री बितरण नगराउन भनि जनचेतना जगाउन पसल–पसलमा स्टिकर टास्ने अभियान चलाईन् । क्लोथ बैकं पनि चलाइन् । आफु त सम्पन्न परिवार छ मिठो, मसिनो र नयाँ लुगा लगाएर दशैं मनाउला तर जसको घरमा नयाँ लुगा किन्ने क्षमता छैन उनिहरुले कसरि दशैंमा रमाउलान भनेर सोचे । मैले मात्र नयाँ लुगा लगाएर रमाउनु भन्दा घरमा त्यतिकै राखेका लुगालाई नहुनेलाई बितरण गर्दा उनिहरु प्नि रमाउन्छन् भनेर क्लोथ बैकं संचालनमा ल्याएको उनले बताईन् ।
उनले फाल्गुन ६ गते आफ्नो जन्मदिनमा पोखरामा बुक बैंक संचालनमा ल्याएकी छन् । नयाँ किताब किन्न नसक्नेले किताब लग्न सक्छन् र पढी सकेकाले बुक बैंकलाई दिएर जान सक्ने गरि बुक बैंक संचालनमा ल्याएको प्रेन्शा रेग्मीले बताईन । बुक बैंकमा नर्सरी देखि डिग्रीसम्मको र कृषकदेखि बैज्ञानिकसम्मका किताब रहने उनले बताईन । सुरुदेखि नै बिना पैसामा कसरी समाजसेवा गर्ने भनेर सोची रहन्थे । कोरोना महामारीपछि फुड बैंक ,क्लोथ बैंक र अहिले बुक बैंक सन्चालन गरेको बताईन । उनले चेतना संरक्षण प्रतिष्ठान नेपालबाट ५१ हजारको बालप्रतिभा पुरुस्कार पाएकी छन् ।
‘बिना पैसामा कसरी समाजसेवा गर्ने भनेर सोची रहन्थे पछि आएर फुड बैंक ,क्लोथ बैंक र बुक बैंक खोलेर समाजसेवा गर्न थाले । समाजसेवा केही न केही गर्नु पर्छ । हामिले पढी सकेर घरमा त्यतिकै राखेका किताबलाई सदुपयोग गरि महँगो किताब किन्न नसक्ने आर्थिक अवस्था कमजोर भएकाले बुक बैंकबाट लगेर पढेर उसको भविस्य बन्छ । भने हामिले किन पढी सकेको किताब अरुलाई निशुल्क नदिने ?’ उनले भनिन्– ‘आफू मात्र विद्वान भएरमात्र समाज देश बन्दैन जबसम्म अरुलाई नि विद्वान बनाउन सक्दैनौं तब सम्म आफू एक्लै विद्वान भएर केही हुदैन ।’
उनले अन्त्यमा भनिन्– ‘कोरोना महामारी आयो महामारीपछि पनि धैरै रोगहरु आए पछि पनि आउन्छ्न । मेरो ठूलो बैज्ञानिक बन्ने सोच छ । बैज्ञानिक बनेर एउटा यस्तो भ्याक्सिन पत्ता लगाउने सोच छ । भर्खरै जन्मेको बच्चालाई त्यो भ्याक्सिन लगायो भने पछि बच्चा ठुलो भएरपनि उसलाई केहि पनि भाइरल इन्फेक्सन हुदैन ।’