काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।
हाल देशभर ९ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार ६ सय ९२ पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६६ पुगेको छ ।