KhabarUjyalo

डडेल्धुरा अस्पतालमा दूरबिन बिधीबाट पित्तथैली पत्थरीको शल्यक्रिया

१२ फाल्गुन २०७७, बुधबार
डडेल्धुरा अस्पतालमा दूरबिन बिधीबाट पित्तथैली पत्थरीको शल्यक्रिया

डडेल्धुरा ।  डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया गरिएको छ। जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक मंगलबार दूरबिनबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा. तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पत्थरीको शल्यक्रिया गरेको हो।

अस्पतालमा पहिलो पटक ५४ वर्षीय पुरुष बिरामीको दूरबिनबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए। अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो।

त्यसपछि पुसमा एपेन्डिसाइटिसको पनि दूरबिनबाट शल्यक्रिया गरिएको थियो। अस्पतालमा  पित्तथैली पत्थरीको भने ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिय गरिएको यो पहिलो पटक हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo