KhabarUjyalo

कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

४ फाल्गुन २०७९, बिहीबार
कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। उनलाई आज एयर एम्बुलेन्स मार्फत भारतको बम्बईको नेशनल वर्न सेन्टरमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो ।

भण्डारी काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे पुगेका थिए। घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। सांसद भण्डारीको अनुहार, दुबै हात र गोडामा आगोले पोलेको अस्पतालले जनाएको छ।

राती एक्कासी ठूलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी आमा छोरालाई अस्पताल पुर्याएका थिए।

उपपचारकै क्रममा उनका आमाको आज बिहान मृत्यु भइसकेको छ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo