KhabarUjyalo

जुम्लामा ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु, पाँच जना घाइते

४ फाल्गुन २०७९, बिहीबार
जुम्लामा ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु, पाँच जना घाइते

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरकोट्रयाक्टर दुर्घटना हुँदा पातारासी–२ का अमिर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo